१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ५६ करोड

अ+ अ-

काठमाडौँ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधवारको नगर सभामा उपप्रमुख शिल्पा निरला कार्कीले महानगरको १८औँ नगर सभामा आगामी वर्षका लागि कुल ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको आय–व्यय अनुमान प्रस्तुत गरेकी हुन् ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको कुल आम्दानीमध्ये संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ३३ करोड ४३ लाख, सशर्त चालु अनुदानबाट ७३ करोड २९ लाख र सशर्त पुँजीगत अनुदानबाट ५६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै, प्रदेश सरकारको समानीकरण अनुदानबाट ३ करोड ६२ लाख ५० हजार, सशर्त चालु अनुदानबाट ४ करोड १ लाख २४ हजार र सशर्त पुँजीगततर्फ ६ करोड ६३ लाख रुपैयाँ आय हुने महानगरको अनुमान छ ।

यसैगरी, आन्तरिक आयतर्फ १ अर्ब २७ करोड २० लाख ८ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ९२ करोड ५६ लाख १८ हजार रुपैयाँ, बैंक मौज्दातबाट १४ करोड र विभिन्न संघसंस्थाको अनुदानबाट १ करोड १६ लाख रुपैयाँ अनुमान गरिएको छ ।

महानगरले पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । यसका लागि १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, नगर स्तरीय योजनाका लागि ६० करोड, वडा स्तरीय योजनाका लागि ४३ करोड ५६ लाख ३२ हजार र बहु वर्षीय गौरवका आयोजनाका लागि १५ करोड रुपैयाँ छुट्याइएको छ । मर्मत–सम्भारमा १० करोड र फोहोर पानी प्रशोधनमा २ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी, सामाजिक विकासतर्फ २६ करोड ५० लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको छ । जसमध्ये शिक्षातर्फ १० करोड ९ लाख २८ हजार र स्वास्थ्यतर्फ ७ करोड ३ लाख ९० हजार रुपैयाँ छुट्याइएको छ ।

0 Comments