१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो 

अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशमा आँप खेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि उत्पादन घटेको छ ।

यस वर्ष हावाहुरी र रोग–कीराको प्रकोपका कारण यस वर्ष उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताए । किसानले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेको, बगैँचा व्यवस्थापन तथा सिँचाइ प्रणालीमा सुधार आएको भए पनि उत्पादनमा हावाहुरीले क्षति पुर्‍याएपछि  किसान भने चिन्तित छन् । 

कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर ३२ हजार ५७४ हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ । उक्त क्षेत्रफलबाट प्रतिहेक्टर औसत नौ दशमलव चार मेट्रिक टन उत्पादकत्वका दरले दुई लाख ९४ हजार ५६७ मेट्रिक टन आँप उत्पादन भएको बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिए । 

अघिल्लो आव २०८१/८२ मा २९ हजार ८८० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११ दशमलव ४३ मेट्रिक टन उत्पादकत्वका दरले तीन लाख ४१ हजार ४४५ मेट्रिक टन आँप उत्पादन भएको थियो । 

तुलनात्मक रूपमा चालु वर्ष आँप खेतीको क्षेत्रफल दुई हजार ६९४ हेक्टरले बढे पनि उत्पादन ४६ हजार ८७८ मेट्रिक टनले घटेको देखिएको छ ।निर्देशनालयका अनुसार यस वर्ष सबैभन्दा बढी उत्पादकत्व बारामा प्रतिहेक्टर १३ दशमलव ८० मेट्रिक टन र सबैभन्दा कम सर्लाहीमा प्रतिहेक्टर ६ दशमलव २० मेट्रिक टन रहेको छ ।

जिल्लागत रूपमा सप्तरीमा आठ हजार ३८७ हेक्टर क्षेत्रफलबाट ७५ हजार ५०० मेट्रिक टन, सिरहामा नौ हजार ५० हेक्टरबाट ७२ हजार ४०० मेट्रिक टन तथा रौतहटमा चार हजार ७७० हेक्टर क्षेत्रफलबाट ५४ हजार ३७८ मेट्रिक टन आँप उत्पादन भएको छ । 

त्यसैगरी, सर्लाहीमा दुई हजार १०० हेक्टरबाट १३ हजार २० मेट्रिक टन, महोत्तरीमा तीन हजार हेक्टरबाट २९ हजार ७०० मेट्रिक टन, धनुषामा तीन हजार ३२५ हेक्टरबाट २३ हजार २७५ मेट्रिक टन, बारामा एक हजार ४९५ हेक्टरबाट २० हजार ६३१ मेट्रिक टन तथा पर्सामा ४४७ हेक्टर क्षेत्रफलबाट पाँच हजार ९६३ मेट्रिक टन आँप उत्पादन भएको तथ्याङ्क छ । 

मधेस प्रदेशमा मालदह, दशहरी, बम्बई, कलकतिया र आम्रपालीलगायत जातका आँप उत्पादन हुन्छ । यहाँ उत्पादन भएका आँप प्रदेशभित्रका जिल्लाको  साथै काठमाडौँ उपत्यका र देशका अन्य प्रमुख बजारमा निर्यात हुँदै आएको छ । उनका अनुसार उत्पादन घटे पनि दीर्घकालीन रूपमा आँप खेतीको व्यवसायीकरण र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । 

0 Comments