१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

अ+ अ-

मलेखु (धादिङ) । आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको विस्तारसँगै धादिङको सिद्धलेक गाउँपालिका–७ पिपलटारमा तरकारी उत्पादन दोब्बरले वृद्धि भएको छ ।

परम्परागत खेती प्रणालीलाई त्याग्दै किसानले यहाँ वैज्ञानिक विधिको अवलम्बन गरेपछि तरकारी उत्पादनमा दोब्बरले वृद्धि भएको हो । 

विगतमा २०० किलो भण्टा उत्पादन हुने गरेको एउटै जग्गामा अहिले ४०० किलोसम्म फल्न थालेको अगुवा कृषक कृष्ण अधिकारीले बताए। अधिकारी भन्छन्, “भण्टा र भिण्डी लगाउँदा गोडमेल गर्न र टिप्न सजिलो हुन्छ भनेर पहिले हामी पातलो गरी बोटहरू रोप्थ्यौँ । अहिले बिरुवा रोप्ने बेलैमा नापेर  लगाउँछौँ । निश्चित दूरीमा धेरै बोटहरू भएपछि उत्पादन पनि धेरै हुने रहेछ ।” खेतबारीमै प्राविधिक ज्ञान पाउन थालेपछि पिपलटारका कृषकहरू उत्पादन बढाउन सफल भएका हुन् । 

“पहिला खेती गर्ने सही तरिका र प्रविधि थाहा थिएन, अहिले प्राविधिकहरू खेतबारीमै आएर तरकारी लगाउने तरिकाहरू सिकाउनुहुन्छ, रोग कीराबारे जानकारी दिनुहुन्छ, उत्पादन पनि बढेको छ”, अधिकारीले विगत र वर्तमान सुनाए ।

पिपलटारका किसानहरूले यसअघि तरकारी खेती नगरेका भने होइनन् । परम्परागत तरिकाले विभिन्न जातका तरकारी उत्पादन गरेर जेनतेन जीविकोपार्जन गरिरहेकै थिए । तर, विगत दुई वर्ष अघिदेखि खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना(फानसेप) ले किसानको खेतबारीमै पुगेर प्राविधिक सहयोग उपलब्ध गराउन थालेपछि उत्पादनसँगै आम्दानीमा वृद्धि भएको किसानले बताएका छन् ।

हाल यहाँका फाँटहरू घिरौँला, बोडी, भिण्डी, चिचिन्डो, लौका, करेला र भण्टा जस्ता मौसमी तथा बेमौसमी तरकारीले भरिभराउ छन् । पिपलटारसहित सिद्दलेक–७ मा करिब ५०० किसानले तरकारी खेती गरिरहेका छन् । अहिले यहाँका एक जना किसानले एकखेप तरकारी टिप्दा एक हजार किलोसम्म संकलन गर्ने गरेका छन् ।

खेती गर्ने सही तरिका र विधि थाहा नहुँदा पहिले दुःख बढी र उत्पादन कम हुन्थ्यो, अहिले दुःख कम उत्पादन बढी भइरहेको स्थानीय कृषक सुनिता कोइराल बिसुन्केले बताए । 

पिपलटारमा उत्पादित तरकारीको संकलन र बजारीकरणलाई व्यवस्थित गर्न खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना ९फानसेप० र सिद्धलेक गाउँपालिकाको समन्वयमा स्थानीयस्तरमै तरकारी संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँमै संकलन केन्द्र स्थापना भएपछि किसानहरूले उत्पादन गरेको तरकारी बिक्री गर्न सहज भएको छ ।

तरकारी व्यवसायमा फैलिएको बिचौलिया प्रथाबाट  केही हदसम्म किसानले राहत पाएका छन् । तर, बजारको उतारचढावका कारण उत्पादित तरकारीले अझै उपयुक्त मूल्य पाउन नसकेको किसानहरूको गुनासो छ ।

तरकारी उत्पादनमा क्रान्ति नै आए पनि मूल्य निश्चित हुँदा कृषकहरू पूर्ण सन्तुष्ट छैनन् । बिसुन्के भन्छन्, “पहिले परम्परागत तरिकाले बीउ राख्थ्यौँ र पुरानै शैलीले लगाउँथ्यौँ, उत्पादन निकै कम हुन्थ्यो । अहिले प्रविधिले उत्पादन त बढाएको छ तर आम्दानी भने अझै सोचेजस्तो हुन सकेको छैन ।” यहाँका किसान तरकारी खेती मै आश्रित छन् । वडा नम्बर ७ का झण्डै आधा घरपरिवारको प्रमुख आर्थिक स्रोत नै तरकारी व्यवसाय हो । 

उत्पादनको परिमाण र गुणस्तर सुधारमा सकारात्मक परिवर्तन आएसँगै सरकारले बजारको सुनिश्चित गरेर उचित मूल्य किसानले पाउँदा राहत हुने अगुवा किसान सीता गिरीले बताए ।

0 Comments