१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरले डेंगी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभाग यस वर्षको बर्खा याम प्रारम्भसँगै डेंगी नियन्त्रणका लागि तालिम प्राप्त १६ सय ५० जना जनशक्ति परिचालन गर्ने भएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्यकर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार पारिएको छ । 

यो क्षमता विकासपछि केन्द्रका इञ्चार्ज र स्वास्थ्यकर्मीले वडामा ५० जनालाई तालिम प्रदान गर्नेछन्। महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति, आमा समूह लगायतका संघसंस्थाका प्रतिनिधिलाई तालिमको लक्षित समूहमा राखिएको छ । यो तालिमपछि तालिम प्राप्त जनशक्तिलाई वडाका विभिन्न स्थान छुट्याएर डेंगी सार्ने लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन हुनेछ । 

डेंगी सङ्क्रमण दरमा कमी ल्याउने, डेंगीका कारण हुने मृत्यु दर घटाउने डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय लक्ष्य राखिएको छ । निगरानी तथा अनुगमन प्रणाली सुधार, कीट नियन्त्रण, जोखिम सञ्चार तथा सामुदायिक सहभागिता, स्वास्थ्य प्रणालीको पूर्व तयारी तथा प्रतिकार्य, नेतृत्व, वहुक्षेत्रीय सहकार्य र कार्यक्रम व्यवस्थापन सुधार, अनुसन्धान र नवप्रवर्तन कार्यक्रमका रणनीति हुन् । 

क्षमता विकास कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य कार्यालय काठमाडौँका अधिकारीहरूले प्रस्तुतीकरण मार्फत लक्ष्य र रणनीतिका बारेमा जानकारी गराएका थिए । 

डेंगी सङ्क्रमण फैलाउने लामखुट्टे सफा जमेको पानीमा बस्छ । यस कारण सफा पानी राखिने भाँडाहरूमा पानी भरेर राख्नुहुँदैन । पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको संख्या वृद्धि हुने ठाउँ भएकोले यस्ता ठाउँमा पानी जम्न दिनु हुँदैन । अहिले झरी परिरहेको र यस क्रममा जम्मा हुने पानीमा लामखुट्टेका लार्भा हुर्किन सक्ने भएकोले अहिलेदेखि नै सजगता अपनाउन आवश्यक छ । 

एडिस जातको सङ्क्रमित लामखुट्टेले पारेको अण्डाबाट लार्भा हुँदै निस्कने लामखुट्टे वयस्क भएपछि यसले मानिसलाई टोकेमा डेङ्गी रोग लाग्छ । सामान्यतया सङ्क्रमित लामखुट्टेले टोकेको ४ देखि ७ दिन भित्र कडा ज्वरो आउने, ७ दिनसम्म ज्वरो रहने, आँखाको गेडी दुख्ने, हाडजोर्नी तथा मांसपेशी दुख्ने, वाक–वाकी लाग्ने, निकै कमजोर महसुस हुने, खान मन नलाग्ने जस्ता लक्षण देखिन सक्छ । ज्वरो आएपछिको ३ देखि ५ दिनपछि शरीरमा राता राता विमिरा आउन सक्छन् ।

0 Comments