१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुरमा डेंगी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु

अ+ अ-

भोजपुर । पहाडी जिल्ला भोजपुरमा डेंगी सङ्क्रमण बढ्न नदिने उद्देश्यले ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत स्वास्थ्य कार्यालयको आयोजनमा आज भोजपुरमा पनि र्‍यालीसहितको सचेतना कार्यक्रम गरिएको हो ।

स्थानीय स्तरका नागरिकलाई रोगका बारेमा जानकारी दिने उद्देश्यका साथ डेंगी रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सृजना बनमालीले बताइन् । उनले भनिन्, “सचेतना अभियानअन्तर्गत डेङ्गीबारे जानकारी, बच्न अपनाउनुपर्ने उपायलगायत विषयमा नागरिकलाई जानकारी प्रदान गरिने छ ।”

अभियानअन्तर्गत अब जिल्ला तहमा डेंगी नियन्त्रणका लागि प्रत्येक शुक्रबार आआफ्नो तहबाट ‘खोज र नष्ट गर’ अभियान हुनेछ । डेंगीको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन भइरहेको उक्त अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्य कार्यालय भोजपुरले जिल्लावासी सबै नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रहसमेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले पनि समुदाय–प्रहरी साझेदारी अवधारण कार्यक्रमअन्तर्गत सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाले बताए । सचेतना कार्यक्रममा उनले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्नु डेङ्गी नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गर्दै प्रत्येक नागरिकलाई घर, आँगन तथा कार्यस्थल सफा राख्न र पानी जम्न नदिन आग्रह गरे । सचेतना कार्यक्रममा स्वास्थ्य कार्यालय कर्मचारी, जिल्ला प्रहरीमा कार्यरत सुरक्षाकर्मी, पत्रकारलगायतको सहभागिता थियो ।

स्वास्थ्य कार्यालयका अनुसार डेङ्गी सार्ने एडिस जातको पोथी लामखुट्टेको जीवनचक्रलाई तोड्नु अभियानको मुख्य उद्देश्य हो । लामखुट्टे वयस्क भएर मानिसलाई टोक्नुअघि यसको लार्भा र प्युपा अवस्था पहिचान गरी नष्ट गर्न सके डेङ्गीको सङ्क्रमण घटाउन सकिने कार्यालयले जनाएको छ ।

0 Comments