१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रतिगमनविरुद्ध लोकतान्त्रिक र वामपन्थी शक्तिबीच कार्यगत एकता आवश्यक’ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिगमनविरुद्ध लोकतान्त्रिक तथा वामपन्थी शक्तिहरूबीच कार्यगत सहकार्य अपरिहार्य रहेको बताएका छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले अहिलेको प्रमुख राजनीतिक दायित्व प्रतिगामी प्रवृत्तिलाई परास्त गर्नु रहेको धारणा राखे। 

उनका अनुसार प्रतिगमनको चुनौती कायम रहँदासम्म समाजवाद निर्माणको लक्ष्य प्रभावकारी रूपमा अघि बढाउन कठिन हुने भएकाले लोकतान्त्रिक र वामपन्थी शक्तिहरूले साझा कार्यसूचीका आधारमा सहकार्य गर्नुपर्ने आवश्यकता छ।

ओलीले २०४६ सालको जनआन्दोलनको प्रसंग स्मरण गर्दै त्यतिबेला निरंकुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध वामपन्थी दल र नेपाली कांग्रेसबीच कार्यगत एकता भएको उल्लेख गरे। आवश्यकता र साझा उद्देश्यका आधारमा भएको उक्त सहकार्यले राजनीतिक परिवर्तन सम्भव भएको उनको भनाइ थियो।

उनले विगतका अनुभवले राष्ट्रिय आवश्यकता पर्दा फरक राजनीतिक शक्तिहरूबीच पनि सहकार्य सम्भव हुने देखाएको उल्लेख गर्दै वर्तमान अवस्थामा पनि लोकतान्त्रिक मूल्य र व्यवस्थाको संरक्षणका लागि त्यस्तै प्रकारको कार्यगत एकताको आवश्यकता रहेको बताए।

एमाले वैचारिक तथा संगठनात्मक रूपमा एकताबद्ध रहेको दाबी गर्दै अध्यक्ष ओलीले पार्टी आफ्नो राजनीतिक लक्ष्यप्रति स्पष्ट र प्रतिबद्ध रहेको बताए। उनले पार्टीलाई कमजोर आँक्न नहुने उल्लेख गर्दै एमाले रचनात्मक, शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट अग्रगामी परिवर्तनको दिशामा अघि बढिरहने धारणा व्यक्त गरे।

0 Comments