१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको अनुगमन तीव्र: मन्त्री निशा मेहेताको नेतृत्वमा खाद्य सुरक्षा अभियान थप प्रभावकारी

अ+ अ-

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले खाद्य सुरक्षा, गुणस्तर तथा उपभोक्ता स्वास्थ्य संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै बजार अनुगमनलाई थप तीव्र बनाएको छ। मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असार १४ गते (आइतबार)काठमाडौं उपत्यकामा घुम्ती प्रयोगशाला (मोबाइल ल्याब) सहित तीनवटा छुट्टाछुट्टै टोली परिचालन गरी व्यापक अनुगमन तथा निरीक्षण गरेको हो।

होटल तथा रेष्टुरेन्ट अनुगमन टोलीले काठमाडौं महानगरपालिका–१०, बानेश्वरस्थित आनन्द भूमि बिजनेस सेन्टरको स्टोरमा कस्मेटिक ग्रेड को रोज वाटर खाद्य प्रयोजनका लागि राखिएको भेटेपछि उक्त अखाद्य रोज वाटर तत्काल नष्ट गरेको छ। साथै, सम्बन्धित व्यवसायीलाई आवश्यक कागजातसहित पाँच दिनभित्र विभागमा उपस्थित भई स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।

त्यसैगरी, दोस्रो टोलीले  कालिमाटी फलफूल तथा तरकारी बजार बाट विभिन्न तरकारी तथा फलफूलका नमुना संकलन गरी विषादी अवशेष परीक्षण गरेको थियो। परीक्षण गरिएका २२ वटा विभिन्न प्रकारका ताजा फलफूल तथा तरकारी को प्रतिवेदन खाद्य मापदण्डअनुकूल रहेको विभागले जनाएको छ।

यसैबीच, तेस्रो टोलीले भक्तपुरस्थित दुई डेरी उद्योगमा अनुगमन गरी उत्पादन प्रक्रिया, सरसफाइ तथा गुणस्तर व्यवस्थापनमा आवश्यक सुधार गर्न निर्देशन दिएको छ।

मन्त्री निशा मेहताले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य तथा उपभोग्य वस्तुको गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट गर्दै, उपभोक्ताको स्वास्थ्यमा जोखिम सिर्जना गर्ने व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कडा कारबाही गरिने बताएकी छन् ।  उनले बजारलाई सुरक्षित, स्वच्छ र गुणस्तरीय बनाउन मन्त्रालयको अनुगमन तथा नियमन अभियान अझ प्रभावकारी ढंगले निरन्तर सञ्चालन हुने पनि जानकारी दिइन् । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनसम्बन्धी विस्तृत विवरण संलग्न प्रतिवेदनमार्फत सार्वजनिक गरेको जनाएको छ।

0 Comments