काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।
सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि म्याद थपको माग गर्दै सोमबार पौडेललाई विशेष अदालतमा उपस्थित गराएको थियो। अदालतले विभागको मागअनुसार थप तीन दिनको म्याद स्वीकृत गरेको हो।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपसम्बन्धी आदेश जारी गरेको हो।
अदालतको आदेशपछि पौडेललाई थप अनुसन्धानका लागि न्यायिक हिरासतमा पठाइएको छ।






