१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी बजेट कार्यान्वयनका तयारी असारभित्रै पूरा गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न लागत अनुमान तथा बोलपत्र तयारीको प्रक्रिया असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार २ असारमा मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले बजेट कार्यान्वयनलाई समयमै अघि बढाउने उद्देश्यसहित सम्बन्धित मन्त्रालय र निकायलाई आवश्यक तयारी असारभित्रै पूरा गर्ने निर्णय गरेको हो।

बैठकले सबै मन्त्रालयलाई मातहतका निकायको संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण तोकिएको समय सीमाभित्र सम्पन्न गर्न पनि निर्देशन दिएको छ।

त्यसैगरी, भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आगजनीबाट क्षति पुगेका सवारीसाधन, फर्निचर तथा यन्त्र–उपकरणको मिनाहा वा लिलामी प्रक्रिया बाँकी रहेका निकायले प्रचलित कानुनबमोजिम असार १५ भित्र सम्पन्न गरी ती सामग्री कार्यालय परिसरबाट हटाउने व्यवस्था मिलाउने निर्णय गरिएको छ।

सचिव बैठकले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा उल्लेखित बेरुजु फर्स्योटलाई उच्च प्राथमिकतामा राख्दै सबै मन्त्रालय, विभाग तथा निकायले साप्ताहिक प्रगति विवरण अनिवार्य रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र बेरुजु फर्स्योट समितिमा पठाउने निर्णय पनि गरेको छ।

यसैगरी, भदौ २३ र २४ गतेको घटनाका क्रममा अभिलेख जलेर लेखापरीक्षण प्रभावित भएका वा लेखापरीक्षण गर्न कठिनाइ भएका निकायले महालेखा परीक्षकको कार्यालयसँग आवश्यक समन्वय गरी कानुनबमोजिम लेखापरीक्षण सम्पन्न गराउने निर्णय गरिएको छ।

बैठकले शासकीय सुधारका एक सय कार्यसूचीअन्तर्गत समावेश कानुन तर्जुमा तथा संशोधनसम्बन्धी विधेयकहरू अविलम्ब संघीय संसदमा दर्ता गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

0 Comments