१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकको तलब भुक्तानीका लागि थप बजेट व्यवस्थापन गर्न केन्द्रको निर्देशन

अ+ अ-

काठमाडौँ । सामुदायिक विद्यालयका शिक्षकहरूको तलब भत्ता भुक्तानीमा देखिएको बजेट अभाव व्यवस्थापन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सम्बन्धित सबै स्थानीय तहलाई आवश्यक निर्देशन दिएको छ।

केन्द्रको योजना तथा अनुगमन शाखाले जारी गरेको पत्रमा आर्थिक वर्ष २०८२/८३ मा शिक्षकहरूको तलब भत्ताका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको बजेट अपुग भएको भन्दै कतिपय स्थानीय तहबाट थप बजेटको माग आएको उल्लेख गरिएको छ।

यस सन्दर्भमा केन्द्रले आधारभूत र माध्यमिक तहका लागि विनियोजित बजेट उपशीर्षकअन्तर्गत कुनै एक शीर्षकमा बचत भएको रकम अर्को शीर्षकमा आवश्यकताअनुसार स्थानीय तहबाटै निर्णय गरी शिक्षकहरूको तलब भुक्तानीको व्यवस्था मिलाउन अनुरोध गरेको छ।

त्यस्तै, स्थानीय तहबाट प्राप्त मागका आधारमा आधारभूत तथा माध्यमिक तहमा स्वीकृत दरबन्दी र अनुदानमा कार्यरत शिक्षकहरूको थप तलब भत्ताका लागि सम्बन्धित बजेट शीर्षकमा अतिरिक्त वित्तीय हस्तान्तरणसमेत गरिएको केन्द्रले जनाएको छ। उक्त व्यवस्था केन्द्रको असार १६ गतेको निर्णयअनुसार कार्यान्वयनमा ल्याइएको पत्रमा उल्लेख छ।

केन्द्रले प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको अपुग पारिश्रमिक अनुदानका सम्बन्धमा आवश्यक बजेट यसअघि नै स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिसकिएको जानकारीसमेत गराएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक नीलकण्ठ ढकालद्वारा हस्ताक्षरित उक्त पत्र सबै सम्बन्धित स्थानीय तहलाई सम्बोधन गरिएको छ।

0 Comments