काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य पाँचवर्षे सचिव पदको कार्यकाल पूरा गरी मङ्गलवारदेखि अनिवार्य अवकाशमा गएकी छन्।
नेपालको निजामती सेवा व्यवस्थाअनुसार सचिवको पाँचवर्षे कार्यकाल पूरा भएपछि उनी अनिवार्य अवकाशमा गएकी हुन्।
बज्राचार्य इन्जिनियरिङ क्लस्टरबाट सचिव पदमा पुगेकी अधिकारी हुन्। उत्तरार्धमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व गर्नुका साथै यसअघि लामो समय खानेपानी मन्त्रालय मा विभिन्न जिम्मेवारी सम्हालेकी थिइन्।







