१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख अर्याल र साउदी राजदूतबीच भेट, संसदीय सहकार्य विस्तारमा जोड

अ+ अ-

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए. मनिखले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा सभामुख अर्यालले नेपालको संघीय संसद् र शुरा काउन्सिलबीच संसदीय सहकार्यलाई थप सुदृढ बनाउन नेपाल इच्छुक रहेको बताए।

उनले संघीय संसद्को हालैको निर्णयअनुसार नेपाल-साउदी अरब संसदीय मैत्री समूह गठन भइसकेको जानकारी दिँदै यसले दुवै मुलुकका संसदबीच साझा हितका विषयमा सहकार्य विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको सभामुखको निजी सचिवालयले जनाएको छ।

सभामुख अर्यालले नेपाल र साउदी अरबबीच विशेष गरी श्रम आप्रवासका क्षेत्रमा विकसित सहकार्यको प्रशंसा गर्दै नेपाली श्रमिकलाई प्राथमिकता दिएकोमा साउदी पक्षप्रति आभार व्यक्त गरेका थिए।

राजदूत मनिखले नेपाल-साउदी सम्बन्धलाई अझ प्रगाढ बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्पर्क विस्तारका क्षेत्रमा सहकार्यलाई थप अघि बढाइने बताए।

आगामी वर्ष नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउने अवसर रहेको पनि छलफलका क्रममा उल्लेख गरिएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार हाल साउदी अरबमा तीन लाख ८४ हजार ८६५ नेपाली रोजगारीमा रहेका छन्।

0 Comments