काठमाडौँ । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-१८ कटानबाट पत्रकार भण्डारीलाई बिहीबार (आज) पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले प्रशासनलाई बताए ।
प्रहरीका अनुसार जिल्ला अदालत कञ्चनपुरले २०८२ साल चैतमा गालीगलौजसम्बन्धी मुद्दामा भण्डारीलाई १ वर्ष ७ दिन कैद सजाय तथा १२ हजार १ सय रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो।
उक्त फैसला कार्यान्वयनका लागि प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।







