१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवि सेवा आयोग अध्यक्ष नियुक्ति र उच्च शिक्षा विधेयकको मस्यौदाप्रति प्रगतिशील प्राध्यापक संगठनको आपत्ति

अ+ अ-

काठमाडौँ । नेपाल प्रगतिशील प्राध्यापक संगठनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा सरकारले गरेको नियुक्तिप्रति असहमति जनाउँदै उक्त निर्णयले विश्वविद्यालयको स्वायत्तता, प्राज्ञिक स्वतन्त्रता तथा उच्च शिक्षा क्षेत्रका स्थापित मूल्य-मान्यतामाथि असर पार्ने दाबी गरेको छ।

संगठनका वरिष्ठ उपाध्यक्ष मनोज विष्टले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा असार १७ गते गरिएको नियुक्ति दलीय निष्ठाका आधारमा भएको आरोप लगाइएको छ। सेवा आयोगजस्तो महत्वपूर्ण निकायको नेतृत्व अनुसन्धान तथा प्राज्ञिक क्षेत्रमा योगदान पुर्‍याएका र प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएका योग्य व्यक्तिलाई दिनुपर्नेमा राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई नियुक्त गरिएको भन्दै संगठनले असन्तुष्टि जनाएको छ।

विज्ञप्तिमा उक्त नियुक्तिले प्राध्यापक समुदायको सम्मानमा समेत असर पुर्‍याएको उल्लेख गर्दै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप रोक्न विगतमा भएका प्रतिबद्धता विपरीत निर्णय गरिएको दाबी गरिएको छ।

संगठनले सरकारले संसद्मा लैजाने तयारी गरेको उच्च शिक्षा विधेयकको मस्यौदाप्रति पनि आपत्ति जनाएको छ। प्रस्तावित व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई पुनः विश्वविद्यालयको कुलपति कायम राख्ने प्रावधानले विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउने अपेक्षाविपरीत जाने र प्राज्ञिक स्वायत्ततामा असर पर्ने संगठनको भनाइ छ।

विज्ञप्तिमा विश्वविद्यालयको सञ्चालन राजनीतिक नेतृत्वबाट अलग गरी स्वायत्त र प्राज्ञिक आधारमा सञ्चालन हुने व्यवस्था गर्नुपर्ने धारणा दोहोर्‍याइएको छ। उच्च शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप र नीतिगत विचलन अन्त्य गर्न सरकारसँग माग गर्दै संगठनले विश्वविद्यालयको गरिमा, लोकतान्त्रिक अभ्यास र संवैधानिक मूल्यहरूको संरक्षणमा सरोकारवाला सबै पक्षलाई ऐक्यबद्ध हुन आह्वान गरेको छ।

0 Comments