१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ’-मन्त्री गौतम

अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माण गतिमा अगाडि बढोस् भन्ने चाहनाका साथ सरकारले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गरेको बताएकी छिन् ।

राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद  (दोस्रो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै मन्त्री गौतमले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरिएको बताइन् । मन्त्री गौतमले प्रस्तुत गरेको सो प्रस्तावलाई सभाको सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

“नेपाली जनताले देखेको समृद्धिको सपना निकै फराकिलो छ । सोही सपनालाई छिटो र सरल ढङ्गले अघि बढाउन विधेयक प्रस्ताव पेस गरेका हौँ,” मन्त्री गौतमले भनिन्, “पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती अन्त्य गर्ने र पेस्की बापतको रकम दुरुपयोग गर्नेलाई कारबाही गर्ने गरी अघि बढ्न खोजेका छौँ ।”

मन्त्री गौतमले सार्वजनिक खरिदसम्बन्धी विधेयक नियमित संसदीय प्रक्रियामार्फत प्रस्तुत गर्न सकिने भए पनि पूर्वाधार निर्माणका जटिल गाँठा छिटो फुकाउन अध्यादेशमार्फत ल्याइएको उल्लेख गरिन् । “पूर्वाधारका आयोजना ‘कन्स्ट्रक्सन इरिटेशन’ छन् । त्यही अप्ठेरो र गाँठो फुकाउनको लागि अध्यादेशमार्फत ल्याएका हौँ”, उनले भनिन् ।

बैठकमा सांसदहरु युवराज शर्मा, नरबहादुर विष्ट, प्रेमप्रसाद दङ्गाल, रामकुमारी झाँक्री, रञ्जित कर्ण, सोमनाथ पोर्तेललगायतले  विधेयकको सैद्धान्तिक पक्षमा धारणा राखे । 

0 Comments