२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरमै पुगेर नागरिकता र पूर्ण अपांगता परिचयपत्र, पक्षघातग्रस्त युवा अब राज्य सेवाको पहुँचमा

अ+ अ-

जिल्ला प्रशासन कार्यालय सिन्धुली र फिक्कल गाउँपालिकाले घरमै पुगेर पक्षघातग्रस्त युवालाई नागरिकता तथा पूर्ण अपाङ्गता परिचयपत्र प्रदान गरेका छन्। यससँगै उनी उपचार सहायता, सामाजिक सुरक्षा र अन्य सरकारी सेवाको पहुँचमा पुगेका छन्।

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले घरदैलोमै पुगेर पूर्ण रूपमा शारीरिक रूपमा अशक्त रहेका एक युवालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ। नागरिकता प्राप्त गरेसँगै सम्बन्धित स्थानीय तहले पूर्ण अपांगता (क वर्ग) परिचयपत्रसमेत उपलब्ध गराएपछि उनी विभिन्न सरकारी सेवा तथा सामाजिक सुरक्षाको पहुँचमा पुगेका छन्।

सिन्धुलीको फिक्कल गाउँपालिका-५ सोल्पाठाना निवासी २५ वर्षीय सरोज श्रेष्ठ केही वर्षअघि भएको दुर्घटनापछि कम्मरमुनिको भाग पूर्ण रूपमा पक्षघात भएको अवस्थामा छन्। हाल उनी आफ्नी आमा विष्णुमाया मगरको सहारामा ओखलढुङ्गाको सुनकोशी गाउँपालिकामा अस्थायी रूपमा बसोबास गर्दै आएका छन्।

अस्पतालबाट ‘मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८’ बमोजिम उपचार सहायता उपलब्ध गराउन सिफारिस प्राप्त भए पनि नागरिकता नहुँदा उनले आफ्नै नाममा बैंक खाता खोल्न सकेका थिएनन्। नागरिकता अभावकै कारण उनी सरकारले उपलब्ध गराउने उपचार सहायता, सामाजिक सुरक्षा तथा अन्य सेवासुविधाबाट वञ्चित हुँदै आएका थिए।

पूर्ण रूपमा शारीरिक अशक्त भएकाले जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन नसक्ने अवस्था र कानुनी रूपमा संरक्षकको नामबाट बैंक खाता सञ्चालन गर्न नमिल्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले विशेष पहल गरेको हो।

यसक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको नेतृत्वमा प्रशासकीय अधिकृत प्रवीण कटवालसहितको टोलीले फिक्कल गाउँपालिका र ओखलढुङ्गाको सुनकोशी गाउँपालिकासँग समन्वय गरी असार २१ गते सरोज श्रेष्ठको अस्थायी निवासमै पुगेर आवश्यक कानुनी प्रक्रिया, सनाखत तथा प्रमाणहरूको परीक्षणपछि नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको थियो।

कार्यक्रममा फिक्कल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजन मगर, वडा नं। ५ का अध्यक्ष वैकुण्ठलाल पहाडी, सुनकोशी गाउँपालिका-१ का वडा अध्यक्ष प्रकाश सापकोटा, स्वास्थ्य शाखा प्रमुख लेखनाथ फुयाँल, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख रमेशबहादुर सार्की, वडा सचिव ठाकुर बराल, सरोज श्रेष्ठका अभिभावक तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो।

नागरिकता वितरणसँगै फिक्कल गाउँपालिकाले स्वास्थ्य परीक्षण तथा प्राविधिक मूल्याङ्कनका आधारमा सरोज श्रेष्ठलाई पूर्ण अपांगता (क वर्ग) परिचयपत्रसमेत प्रदान गरेको छ। प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजन मगरले स्थानीय सरकारले सेवाग्राहीको वास्तविक आवश्यकताअनुसार घरदैलोमै सेवा उपलब्ध गराउने नीति कार्यान्वयन गरिरहेको बताएका छन्।

नागरिकता र अपांगता परिचयपत्र प्राप्त गरेसँगै अब सरोज श्रेष्ठले आफ्नै नाममा बैंक खाता सञ्चालन गर्न, सरकारले उपलब्ध गराउने मेरुदण्ड पक्षघात उपचार सहायता प्राप्त गर्न, सामाजिक सुरक्षा भत्ता लिन तथा अन्य सरकारी सेवा सुविधामा सहज पहुँच स्थापित गर्न सक्ने भएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले कुनै पनि नागरिक शारीरिक अवस्था वा अन्य कारणले आफ्नो संवैधानिक अधिकारबाट वञ्चित हुन नहुने भन्दै आवश्यक परे प्रशासनले नागरिककै घरदैलोमा पुगेर सेवा उपलब्ध गराउने नीति अनुरूप काम गरिरहेको बताएका छन्। नागरिकको अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएकाले यस्ता सेवामुखी कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताएका छन्।

फिक्कल गाउँपालिकाले पनि अपांगता भएका व्यक्ति, अशक्त, ज्येष्ठ नागरिक तथा कार्यालयसम्म पुग्न असमर्थ सेवाग्राहीलाई आवश्यकताका आधारमा घरदैलोमै सेवा उपलब्ध गराउने अभियानलाई आगामी दिनमा थप प्रभावकारी बनाइने जनाएको छ

0 Comments