२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र एसियाली विकास बैंकबीच १६५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता

अ+ अ-

काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच खानेपानी तथा ढल व्यवस्थापन र भन्सार तथा लजिस्टिक्स सुधारसम्बन्धी दुई परियोजनाका लागि कुल १६५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ।

अर्थ मन्त्रालयमा आयोजित समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो। नेपालको तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आर्नो कुश्वाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार ‘इन्टिग्रेटेड वाटर सप्लाई एन्ड सिवरेज म्यानेजमेन्ट (सेक्टर) प्रोजेक्ट’ कार्यान्वयनका लागि ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ। उक्त रकम स्थानीय तहमा खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी एकीकृत पूर्वाधार विकासमा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ।

त्यसैगरी, ‘साउथ एसिया सबरिजनल इकोनोमिक कोअपरेसन (सासेक) एन्ड लजिस्टिक्स रिफर्म्स प्रोग्राम-सबप्रोग्राम २’ अन्तर्गत ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण बजेटरी सहायताका रूपमा परिचालन हुनेछ। मन्त्रालयका अनुसार यो सहायता भन्सार कार्यप्रक्रिया सरलीकरण तथा लजिस्टिक्स सेवाको आधुनिकीकरणका लागि गरिएका सुधार कार्यक्रमलाई सहयोग गर्न प्रयोग गरिनेछ।

सम्झौता हस्ताक्षरपछि आयोजित कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले नेपालको आर्थिक तथा पूर्वाधार विकासमा एडीबीले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा द्विपक्षीय सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

एडीबीका अध्यक्ष कान्डाले नेपालसँग करिब छ दशकदेखि कायम रहेको साझेदारीलाई आगामी दिनमा थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। उनले नेपालले सामना गरिरहेका आन्तरिक तथा बाह्य चुनौतीहरूको समाधानमा बैंकले निरन्तर सहयोग गर्ने उल्लेख गर्दै एडीबीका प्राथमिकता नेपालका विकास प्राथमिकतासँग मेल खाने बताए।

सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल सरकार र एसियाली विकास बैंकका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

0 Comments