२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भोला थापाले सम्हाले कार्यभार

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भोला थापाले सोमबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अनुसार गठित सिफारिस समितिको सिफारिसका आधारमा असार १९ गतेको निर्णयबाट थापालाई उपकुलपतिमा नियुक्त गरेका थिए।

यसअघि काठमाडौँ विश्वविद्यालयको उपकुलपति रहिसकेका प्रा. डा. थापाले उच्च शिक्षा, अनुसन्धान तथा शैक्षिक नेतृत्वका क्षेत्रमा लामो अनुभव हासिल गरेका छन्। उनले काठमाडौँ विश्वविद्यालयमा रजिष्ट्रार, इन्जिनियरिङ संकायका डीनलगायत विभिन्न नेतृत्वदायी जिम्मेवारी सम्हालिसकेका छन्। हाइड्रोलिक मेसिनरी तथा ऊर्जा प्रणाली विषयका विज्ञका रूपमा परिचित थापाले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट विद्यावारिधि गरेका छन्।

कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा आयोजित पदभार ग्रहण कार्यक्रममा उपकुलपति थापाले त्रिभुवन विश्वविद्यालयको शैक्षिक गरिमा र अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउन सबै सरोकारवालासँग सहकार्य गर्दै परिणाममुखी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भौतिक पूर्वाधार र मानवीय स्रोतसाधनको प्रभावकारी परिचालनमार्फत विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न आफू समर्पित रहने बताए।

कार्यक्रममा निवर्तमान उपकुलपति प्रा. डा. सुशीलबहादुर बज्राचार्य, निमित्त शिक्षाध्यक्ष प्रा. डा. शंकरप्रसाद खनाल, निमित्त रजिष्ट्रार प्रा. डा. महानन्द चालिसे, विभिन्न अध्ययन संस्थान तथा संकायका डीन, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, महाशाखा प्रमुख, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

0 Comments