२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधन बहसपत्र कार्यदलप्रति असहमतिसहित चार दलको पत्र, प्रक्रियाबाट अलग हुने संकेत

अ+ अ-

काठमाडौँ । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको उद्देश्य, आधार र कार्यक्षेत्रबारे स्पष्टता नभएको भन्दै चार राजनीतिक दलका प्रतिनिधिले उक्त प्रक्रियामा निरन्तर सहभागी हुन नसक्ने धारणा सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का सल्लाहकार असीम शाहको संयोजकत्वमा रहेको संविधान संशोधन बहसपत्र कार्यदलले अघि बढाएको कामको औचित्य र वैधतामाथि प्रश्न उठाउँदै उनीहरूले संविधान संशोधनको आवश्यकता, विषयवस्तु र प्रस्तावित क्षेत्रबारे सरकारबाट स्पष्ट धारणा आउनुपर्ने बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का देव गुरुङ, जनता समाजवादी पार्टी (जसपा)का सुरेन्द्र झा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का लक्ष्मणलाल कर्ण र राष्ट्रिय जनमोर्चा (राजमो)का मनोज भट्टले संयुक्त रूपमा पत्र पठाउँदै आधारभूत विषयमा स्पष्टता नआएसम्म कार्यदलको प्रतिवेदन निर्माण प्रक्रियामा सहभागी हुन कठिन हुने जनाएका हुन् ।

कार्यदलका सदस्यसमेत रहेका चारै जनाले संविधान संशोधनसम्बन्धी बहसपत्र निर्माणको औचित्य, कार्यदलको अधिकार क्षेत्र र प्रक्रियागत आधार प्रारम्भिक चरणमै स्पष्ट हुनुपर्ने माग राख्दै आएका थिए । तर, ती विषयमा सरकार पक्षबाट पर्याप्त स्पष्टता नआएको उनीहरूको भनाइ छ ।

उनीहरूले संविधानका कुन-कुन पक्षमा संशोधन आवश्यक ठानिएको हो र त्यसको उद्देश्य के हो भन्ने विषयमा औपचारिक धारणा सार्वजनिक हुनुपर्नेमा जोड दिएका छन् ।

0 Comments