२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरबारमा नियमविपरीत पार्किङ गर्ने सवारीमाथि ट्राफिकको कारबाही, ह्विल लक लगाइयो

अ+ अ-

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरेर राखिएका सवारी साधनमाथि ह्विल लक लगाउँदै आवश्यक कारबाही गरेको छ।

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पछिल्लो समय पार्किङ व्यवस्थापन अव्यवस्थित बन्दै गएपछि ट्राफिक प्रहरीले नियम उल्लङ्घन गरी जथाभावी पार्किङ गरिएका सवारी साधनमाथि कारबाही अघि बढाएको हो।

सिंहदरबारमा दैनिक ठूलो संख्यामा सेवाग्राही, कर्मचारी तथा विभिन्न मन्त्रालयका पदाधिकारीको आवतजावत हुने भए पनि पर्याप्त र व्यवस्थित पार्किङको अभाव लामो समयदेखि देखिँदै आएको छ। उपलब्ध पार्किङ स्थलसमेत पर्याप्त नहुँदा र तोकिएको स्थानबाहिर लापरवाहीपूर्ण रूपमा सवारी पार्किङ गर्ने प्रवृत्तिका कारण परिसर अस्तव्यस्त बन्दै आएको छ।

बाहिरबाट आउने आगन्तुक र सेवाग्राही मात्र होइन, कर्मचारी तथा मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूले समेत कार्यालय आँगन तथा निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने गरेको गुनासो रहँदै आएको छ। यसले सिंहदरबारभित्रको आवागमन, सुरक्षा तथा सेवा प्रवाहमा समेत असर पार्ने गरेको सरोकारवालाहरूको भनाइ छ।

ट्राफिक प्रहरीले नियमविपरीत पार्किङ नियन्त्रणका लागि कारबाहीलाई निरन्तरता दिइने जनाएको छ। साथै, दीर्घकालीन रूपमा समस्या समाधान गर्न सिंहदरबार परिसरभित्र पर्याप्त, व्यवस्थित र प्रभावकारी पार्किङ व्यवस्थापनको आवश्यकता रहेको देखिएको छ।

0 Comments