२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्को अवरोध अन्त्यका लागि पहल गर्न सभामुखको आग्रह, सत्तापक्षलाई जिम्मेवारी 

अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभामा जारी अवरोध हटाउने विषयमा सभामुख डोलप्रसाद अर्यालले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पहल गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी तथा अन्य विपक्षी दलहरूले निरन्तर असन्तुष्टि जनाउँदै आएका छन् । यही विषयका कारण संसद् बैठकमा नियमित रूपमा विरोध प्रदर्शन हुँदै आएको छ ।

गत १७ जेठमा प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सीमासम्बन्धी अवस्थाबारे आफूले प्रधानमन्त्री बनेपछि जानकारी पाएको उल्लेख गर्दै दुवै देशतर्फबाट सीमा अतिक्रमणको अवस्था रहेको आशय व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीको उक्त भनाइप्रति विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन् । उनीहरूले अभिव्यक्तिको आधारमा तथ्य सार्वजनिक गर्न वा प्रधानमन्त्रीले आफ्नो भनाइप्रति स्पष्टता दिँदै क्षमा याचना गर्नुपर्ने माग राख्दै आएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि संसद्को अवरोध र त्यसको समाधानबारे छलफल भएको थियो । बैठकमा विपक्षी दलका प्रतिनिधिहरूले विषयलाई अनिश्चित समयसम्म लम्ब्याउन नहुने र सरकारले जवाफ दिएर निकास खोज्नुपर्ने धारणा राखेका थिए ।

समितिको छलफलपछि सभामुख अर्यालले समस्या समाधानका लागि सत्तारुढ दलले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

यसअघि २७ जेठमा परराष्ट्र मन्त्री शिशिर खनालले प्रतिनिधि सभामै प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारको धारणा सार्वजनिक गरेका थिए । उनले प्रधानमन्त्रीको भनाइ सीमापार अतिक्रमणसँग सम्बन्धित रहेको उल्लेख गर्दै सीमा विवाद समाधानका लागि कूटनीतिक माध्यम अपनाउने सरकारको नीति रहेको बताएका थिए ।

परराष्ट्र मन्त्री खनालले नेपाल-भारत सीमा विषयमा कुनै तेस्रो पक्षको संलग्नता खोज्ने सरकारको उद्देश्य नरहेको स्पष्ट पारेका थिए । प्रमाण संकलनका क्रममा आवश्यक संवाद भएको विषयलाई प्रधानमन्त्रीले उल्लेख गरेको उनको भनाइ थियो ।

तर, विपक्षी दलहरूले परराष्ट्र मन्त्रीको स्पष्टीकरणबाट आफूहरू सन्तुष्ट नभएको जनाउँदै प्रधानमन्त्री स्वयंले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने अडान कायम राखेका छन् । उनीहरूले यस विषयमा सभामुखबाट औपचारिक निर्देशन ९रुलिङ०को मागसमेत गर्दै आएका छन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत विषय उठेपछि संसद् सञ्चालन सहज बनाउन सभामुखले समाधान खोज्ने जिम्मेवारी सत्तारुढ रास्वपालाई सुम्पेका हुन् ।

0 Comments