२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सदनको मर्यादा जोगाउन सबै पक्षले नियम पालना गर्नुपर्नेमा हर्क साम्पाङको जोड

अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले लोकतान्त्रिक व्यवस्थामा सबै पक्षले समान रूपमा नियमको पालना गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रतिनिधि सभाको गतिविधि क्रमशः अव्यवस्थित बन्दै गएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लोकतन्त्र र अराजकताबीचको भिन्नता व्यवहारबाट देखिनुपर्ने बताए।

नियम सबैका लागि समान रूपमा लागू हुनुपर्ने उल्लेख गर्दै उनले कुनै एक पक्षलाई मात्र नियम पालना गर्नुपर्ने र अर्को पक्षलाई छुट हुने अवस्था लोकतान्त्रिक अभ्याससँग मेल नखाने धारणा राखे। यस्तो प्रवृत्तिले संसद्को कार्यसम्पादनमा समेत नकारात्मक असर पर्न सक्ने उनको भनाइ थियो।

साम्पाङले प्रधानमन्त्री, मन्त्री तथा अन्य सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले पनि प्रचलित कानुन र संसदीय नियमावलीअनुसार नै काम गर्नुपर्ने बताए। सामाजिक सञ्जालमा बढ्दो अपशब्द र गालीगलौजप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले अभिव्यक्ति र कानुनी कारबाहीबीच सन्तुलन आवश्यक रहेको उल्लेख गरे।

प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत अपमानजनक टिप्पणी गरेको आरोपमा एक नागरिकलाई पक्राउ गरी पुर्पक्षका लागि पठाइएको भन्ने सूचना आफूले पाएको उल्लेख गर्दै उनले गल्ती गर्ने व्यक्तिलाई सुधार हुने अवसर पनि उपलब्ध गराइनुपर्ने धारणा व्यक्त गरे।

सांसद साम्पाङले प्रधानमन्त्री वा मन्त्रीविरुद्ध सामाजिक सञ्जालमा लेख्दा तत्काल पक्राउ गरिने हो भने सांसदविरुद्ध गरिने अपमानजनक अभिव्यक्तिको हकमा पनि समान कानुनी मापदण्ड लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाए।

आफूलाई समेत सामाजिक सञ्जालमार्फत ज्यान मार्ने र घरमा आगजनी गर्ने धम्की आएको उल्लेख गर्दै उनले त्यसबारे साइबर ब्युरोमा उजुरी दिए पनि सम्बन्धित व्यक्तिमाथि कारबाही भएको जानकारी नपाएको बताए। कानुन कार्यान्वयनमा सबै नागरिकका लागि समान व्यवहार हुनुपर्नेमा उनले जोड दिए।

Leave a Reply