काठमाडौँ । नख्खु कारागारबाट फरार भएका लागुऔषध (अफिम) मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८२ साल भदौ २३-२४ गते भएको जेन जेड आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका मकवानपुरको बकैया गाउँपालिका-६, ज्यामिरेका ३९ वर्षीय सुकलाल वाइवा पक्राउ परेका हुन्।
उनी लागुऔषध (अफिम) सम्बन्धी मुद्दामा २० वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए।
फरार रहेका वाइवालाई खोजतलासका क्रममा २०८३ असार २३ गते मकवानपुरको बकैया गाउँपालिका–४, जुरेली बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका वाइवालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी भीमफेदी कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ।







