२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक सुधार र लगानी प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले उद्योग व्यवसायको विकास, लगानी विस्तार र आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा मुलुकको आर्थिक गतिविधिलाई गति दिने, उद्योग सञ्चालनमा देखिएका अवरोध हटाउने, लगानीको वातावरण सुधार गर्ने तथा उत्पादन र रोजगारी वृद्धि गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको हो।

प्रधानमन्त्री शाहले आर्थिक विकासमा निजी क्षेत्र सरकारको महत्वपूर्ण सहयात्री रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीहरूले सामना गरिरहेका नीतिगत, कानुनी तथा प्रक्रियागत समस्याको समाधानका लागि सरकार सहजीकरण गर्न तयार रहेको बताए।

उनले उद्योग तथा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। निजी क्षेत्रको विश्वास बढाउँदै उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने दिशामा सरकार र व्यवसायीबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग व्यवसाय सञ्चालनमा सहजता, लगानी सुरक्षाको सुनिश्चितता, नीतिगत स्थायित्व, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा सरकारसँग नियमित संवादको आवश्यकता औँल्याएका थिए।

प्रधानमन्त्री शाहले निजी क्षेत्रबाट आएका सुझावलाई सम्बोधन गर्न सम्बन्धित निकायमार्फत आवश्यक पहल गरिने बताए। आर्थिक सुधारको प्रक्रियामा सरकार र निजी क्षेत्रबीच सहकार्यलाई निरन्तरता दिइने उनले स्पष्ट पारे।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रालगायत निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।

सरकार र निजी क्षेत्रका प्रमुख प्रतिनिधिबीच भएको उक्त संवादले उद्योग प्रवर्द्धन, लगानी विस्तार र व्यवसायमैत्री नीति निर्माणका लागि सहकार्यको आधार थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply