काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङले ट्राफिक नियम पालना नगरेको दाबी गर्दै कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने बताएका छन्।
संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले उच्च पदस्थ व्यक्तिले समेत ट्राफिक नियम उल्लंघन गरे कारबाहीको दायरामा आउनुपर्ने धारणा राखेका हुन्।
उनले प्रधानमन्त्री साह र गृहमन्त्री गुरुङले सिटबेल्ट प्रयोग नगरी सवारी सञ्चालन गरेको दाबी गर्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे। नियम उल्लंघन गर्ने जोसुकै भए पनि सम्बन्धित निकायले आवश्यक कारबाही गर्नुपर्ने उनको माग थियो।
शाहीले राज्यका निकायले कानुन कार्यान्वयन गर्दा पद र हैसियतका आधारमा फरक व्यवहार गर्न नहुने उल्लेख गरे।







