काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षाको अवस्थाबारे जानकारी लिन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा कार्यालय प्रमुख सुरेश काफ्लेले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन, सञ्चालन र वर्तमान अवस्थाबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए।
कार्यक्रममा उमा चतुर्वेदीको पनि उपस्थिति रहेको थियो।
अवलोकनका क्रममा गृहमन्त्री गुरुङले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै सर्वसाधारणले सहज, छिटोछरितो र गुणस्तरीय सेवा पाउने वातावरण सुनिश्चित गर्न आवश्यक पहल गर्न निर्देशन दिएका छन्।







