२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वराजदूतहरूको सरकारलाई प्रश्न: एक-चीन नीतिप्रतिको प्रतिबद्धतामा परिवर्तन आएको हो ?

अ+ अ-

नामग्याल विद्यालयमा १४औँ दलाई लामाको जन्मदिन मनाइएको घटनाप्रति चिन्ता व्यक्त गर्दै चीनका लागि पूर्वराजदूतहरूले नेपाल सरकारले एक-चीन नीतिप्रतिको प्रतिबद्धता स्पष्ट र दृढ रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

काठमाडौँ । चीनका लागि नेपालका सात जना पूर्वराजदूतहरूले नागार्जुन नगरपालिका-२ स्थित नामग्याल विद्यालयमा १४औँ दलाई लामाको ९१औँ जन्मदिन मनाइएको घटनाप्रति चिन्ता व्यक्त गर्दै नेपाल सरकारले अवलम्बन गर्दै आएको एक-चीन नीतिप्रतिको प्रतिबद्धता दृढतापूर्वक पालना गर्न आग्रह गरेका छन्।

बिहीबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरूले असार २२ गते नामग्याल विद्यालयमा आयोजित उक्त कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेको भन्ने सञ्चारमाध्यममा आएका समाचारप्रति आफूहरू चिन्तित भएको उल्लेख गरेका छन्।

वक्तव्यमा नेपालले सधैँ एक-चीन नीति दृढतापूर्वक अवलम्बन गर्दै आएको, नेपालको भूमिबाट कुनै पनि मित्रराष्ट्रविरुद्ध अप्ठ्यारो हुने वा प्रतिकूल असर पर्ने गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्याउँदै आएको स्मरण गराइएको छ। साथै, हालै परराष्ट्रमन्त्रीको चीन भ्रमणका क्रममा समेत उक्त प्रतिबद्धता पुनः व्यक्त गरिएको उल्लेख गर्दै त्यसमा कुनै परिवर्तन आएको हो भन्ने प्रश्न उठाइएको छ।

पूर्वराजदूतहरूले यदि उक्त कार्यक्रम नेपाल सरकारको सहमतिमा सम्पन्न भएको हो भने त्यसले नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापना भएदेखि कायम रहेको एक–चीन नीतिको प्रतिकूल सन्देश दिन सक्ने तथा नेपालले अवलम्बन गर्दै आएको भू-राजनीतिक सन्तुलनमा समेत नकारात्मक असर पार्न सक्ने बताएका छन्।

वक्तव्यमा यस्ता गतिविधि नेपालको स्थायित्व, विकास र स्वतन्त्रताका लागि प्रत्युत्पादक हुन सक्ने उल्लेख गर्दै नेपाल सरकार तथा सबै सरोकारवालालाई सतर्क र सचेत रहन आग्रह गरिएको छ। साथै, भविष्यमा यस्ता गतिविधि नदोहोरिने सुनिश्चितता गर्न तथा छिमेकी मुलुकसँगको सम्बन्धमा आवश्यक संवेदनशीलता अपनाउन सरकारको ध्यानाकर्षण गराइएको छ।

संयुक्त वक्तव्यमा चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले यस्तो बताएको चीनका लागि पूर्वराज टंक कार्कीले जनाएका छन् ।

Leave a Reply