२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक चीन नीतिसम्बन्धी विषयमा एमालेको आपत्ति, सरकारसँग स्पष्ट धारणा माग

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले एक चीन नीतिसँग असंगत गतिविधिलाई अनुमति दिएको आरोप लगाउँदै प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराएको छ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा सरकारी अनुमति र सहभागिताको विषय उठाउँदै आपत्ति जनाएका हुन्।

उनले असार २२ गते काठमाडौँको स्वयम्भूस्थित नामग्याल निम्न माध्यमिक विद्यालयमा भएको उक्त कार्यक्रमले नेपाल–चीन सम्बन्धमा असर पार्न सक्ने धारणा व्यक्त गरे। कार्यक्रममा अमेरिका, फ्रान्स, युरोपेली संघ र अस्ट्रेलियाका राजदूतहरूको उपस्थितिलाई समेत उनले संवेदनशील विषयका रूपमा व्याख्या गरे।

नेपालले आफ्नो भूमिलाई कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै प्रमुख सचेतक महरले पछिल्लो घटनाक्रमले सरकारको परराष्ट्र नीतिप्रति प्रश्न उठाएको बताए।

उनले चीनका लागि नेपालका पूर्व राजदूतहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उक्त विषयमा चासो व्यक्त गरेको स्मरण गराउँदै सरकारको निर्णय र उद्देश्यबारे संसद्लाई जानकारी गराउन माग गरे।

प्रमुख सचेतक महरले नेपालले अवलम्बन गर्दै आएको एक चीन नीति, पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिप्रति सरकारको प्रतिबद्धता स्पष्ट हुनुपर्ने बताए। उनले नेपाललाई कुनै पनि विदेशी शक्ति प्रतिस्पर्धाको केन्द्र बन्न नदिन सरकार जिम्मेवार हुनुपर्ने धारणा राखे।

परराष्ट्र मामिलामा सरकारको पछिल्लो व्यवहार अपरिपक्व देखिएको टिप्पणी गर्दै महरले छिमेकी मुलुकसँगको सम्बन्ध सञ्चालनमा गम्भीरता र संवेदनशीलता अपनाउन आग्रह गरे। उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए।

Leave a Reply