काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) ले आर्थिक वर्ष २०८३/८४ का लागि देशका ७७ वटै जिल्लामा स्थानीय समाचारदाता (स्ट्रिंगर) नियुक्ति गर्न आवेदन आह्वान गरेको छ।
समितिले आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यका बाहेकका ७४ जिल्लामा प्रति जिल्ला एक–एक जना स्थानीय समाचारदाता माग गरेको हो ।
संघीय राजधानी काठमाडौँ उपत्यकाभित्र काठमाडौँका लागि ६ जना स्थानीय समाचारदाता र ४ जना फोटो पत्रकार, ललितपुरका लागि २ जना समाचारदाता र १ जना फोटो पत्रकार तथा भक्तपुरका लागि १ जना समाचारदाता र १ जना फोटो पत्रकार नियुक्त गर्न माग गरेको छ ।
सातवटै प्रदेशका राजधानीहरू (विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, देउखुरी, वीरेन्द्रनगर र धनगढी) मा १–१ जना स्थानीय समाचारदाता र १–१ जना फोटो पत्रकारको दरबन्दी खुला गरिएको छ।
इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन सक्नेछन्।








