२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप

अ+ अ-

ढोरपाटन (बागलुङ)। बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा संक्रमण नियन्त्रणमा आएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयले प्रभावित क्षेत्रसहित आसपासका पालिकाका बालबालिकालाई दादुराविरुद्धको खोप लगापछि नियन्त्रणमा आएको हो । गत फागुन दोस्रो साता ढोरपाटन नगरपालिका ७, ८ र ९ मा संक्रमण फैलिएको थियो । 

यसका लागि जनस्वास्थ्य कार्यालयले पहिलो चरणमा ढोरपाटन र त्यसपछि आसपासका पालिकामा खोप अभियान चलाएको थियो । पहिलो चरणमा ढोरपाटनका छ हजार ७५ जनलाई खोप लगाइएको थियो भने दोस्रो चरणमा निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र गलकोट नगरपालिकाका २६ हजार ३४७ बालबालिकामा खोप लगाइएको हो ।

पाँच पालिकाका ३२ हजार बालबालिकालाई दादुराविरुद्धको खोप दिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले जानकारी दिए । संक्रमित बालबालिकाको समयमै उपचार, आइसोलेसन सेन्टर व्यवस्थापन गरेर काम गरेको हुँदा समयमै नियन्त्रणमा आएको उहाँको भनाइ छ । जिल्लाका अन्य पालिकाका बालबालिकालाई आगामी वर्ष खोप लगाउने योजना बनाएको प्रमुख शर्मा बताउछन् । 

उनले भने, “चालु आर्थिक वर्षमा हाम्रा लागि ठूलो चुनौती ढोरपाटनमा देखिएको दादुरा सङ्क्रमण नियन्त्रणमा लिनु थियो, ढोरपाटन नगरपालिका, विश्व स्वास्थ्य संगठन र प्रदेश जनस्वास्थ्य कार्यालयको ठूलो प्रयासपछि अहिले नियन्त्रणमा आएको छ, हामी सफल भएका छौँ, हाम्रो कार्यालयको ठूलो उपलब्धि दादुरा नियन्त्रणमा ल्याउनु थियो ।”

ढोरपाटनमा सङ्क्रमण स्वास्थ्यकर्मी घरघरमा पुगेर बालबालिकाको उपचार गरेका थिए । एक महिनासम्म फैलिएको सङ्क्रमणबाट ढोरपाटनका २४४ बालबालिका दादुरा सङ्क्रमित भएका थिए । 

दादुरा ढोरपाटनमा फैलिए पनि जिल्लाका अन्य स्थानमा पनि सोही प्रकृतिको लक्षणसहितका बिरामी छिटफुट देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले बताए। खोप लगाइसकेका बालबालिकामा सङ्क्रमण भए पनि खतरा जोखिमपूर्ण नहुने उनको भनाइ छ । 

Leave a Reply