२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणेश नेपालीको मृत्युपछि रक्षा बमको टिप्पणी : ‘महानगरको कार्यशैली पनि समीक्षा हुनुपर्छ’

अ+ अ-

काठमाडौँ । राहदानी विभाग परिसर अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि अभियन्ता रक्षा बमले काठमाडौँ महानगरपालिका र त्यसको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै बमले गणेश नेपालीको आत्मदाह प्रयासलाई केवल व्यक्तिगत घटनाका रूपमा नभई राज्यका निकायको व्यवहार र सार्वजनिक निकायको कार्यशैलीसँग जोडेर हेर्नुपर्ने धारणा व्यक्त गरेकी छन्।

उनले विशेष गरी काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको व्यवहार, सडक व्यापारी तथा विपन्न वर्गप्रतिको दृष्टिकोण र कार्यशैलीको समीक्षा आवश्यक रहेको दाबी गरेकी छन्। महानगरको नेतृत्वमा विकास भएको कार्यशैलीले कमजोर वर्गमाथि असंवेदनशील व्यवहार संस्थागत गरेको उनको आरोप छ।

बमले काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र शाहको नेतृत्वको समेत आलोचना गर्दै महानगरले विगतमा सञ्चालन गरेका सडक व्यापार व्यवस्थापन, अतिक्रमण हटाउने तथा नगर प्रहरी परिचालनका अभियानहरू मानवीय संवेदनशीलतासहित सञ्चालन हुनुपर्ने उल्लेख गरेकी छन्।

सामाजिक सञ्जालमा सार्वजनिक आफ्नो प्रतिक्रियामा उनले राज्यले पनि यस्ता घटनाबाट पाठ सिक्नुपर्ने र सार्वजनिक निकायहरूले कानुनी कार्यान्वयनसँगै मानवीय पक्षलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेकी छन्।

बमले राहदानी विभाग परिसर बाहिर आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएसँगै यो अभिव्यक्ति दिएकी हुन् । घटनापछि सामाजिक सञ्जालमा राज्य, सार्वजनिक निकाय तथा सेवा प्रवाहको शैलीबारे पक्ष-विपक्षमा व्यापक बहस भइरहेको छ।

Leave a Reply