२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउने सरकारको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले ऊर्जा क्षेत्रलाई नेपालको आर्थिक विकास, औद्योगिक विस्तार, रोजगारी अभिवृद्धि र दिगो हरित अर्थतन्त्र निर्माणको महत्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

सिंहदरबारमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले ऊर्जा उत्पादनको विस्तारले मुलुकको आर्थिक रूपान्तरणसँगै निर्यात प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने धारणा राखेका हुन् ।

छलफलका क्रममा निजी क्षेत्रबाट ऊर्जा विकासका क्रममा देखिएका समस्या, लगानीका अवसर तथा नीतिगत चुनौतीबारे इपानले राखेका विषयलाई सरकारले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रधानमन्त्री शाहले बताएका थिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गरी ऊर्जा क्षेत्रका समस्या समाधान तथा सहजीकरणको लागि पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा जलविद्युत् विकास, ऊर्जा क्षेत्रमा निजी लगानीको विस्तार, उद्योग व्यवसायको प्रवर्द्धन तथा समग्र अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदानलगायत विषयमा छलफल भएको थियो ।

इपानका पदाधिकारीहरूले विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रियालाई सहज बनाउने, निर्माण रोकिएका आयोजनालाई गति दिने, प्रसारण लाइन र ग्रिड पहुँचसम्बन्धी समस्या समाधान गर्ने विषय उठाएका थिए ।

त्यस्तै, वन तथा वातावरणसम्बन्धी प्रक्रिया, जग्गा प्राप्तिमा देखिने जटिलता, आयोजनाका अनुमति पत्र नवीकरणमा सहजीकरण, विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता विस्तार र लगानी सुरक्षाका विषयमा समेत छलफल भएको थियो ।

सरकार र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्दै ऊर्जा क्षेत्रलाई थप लगानीमैत्री बनाउने विषयमा पनि भेटवार्तामा आवश्यक संवाद भएको जनाइएको छ ।

छलफलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा र स्वकीय सचिव नवीन भण्डारीको उपस्थिति रहेको थियो ।

इपानका तर्फबाट वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन, उपाध्यक्षहरू हिमप्रसाद पाठक, सुशन कर्माचार्य र उत्तरकुमार श्रेष्ठ, प्रमुख सल्लाहकार गणेश कार्की तथा महासचिव टीएन आचार्यलगायत प्रतिनिधिहरू सहभागी थिए ।

Leave a Reply