२८ असार २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुवेत र इराकमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन दूतावासको आग्रह

अ+ अ-

काठमाडौँ । कुवेतस्थित नेपाली राजदूतावासले कुवेत तथा इराकमा रहेका नेपाली नागरिकलाई पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले सार्वजनिक सूचना जारी गर्दै आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन र अपुष्ट सूचनाबाट सचेत रहन अनुरोध गरेको हो।

दूतावासले सामाजिक सञ्जालमार्फत फैलिने भ्रमपूर्ण सूचना, अफवाह वा असत्य सामग्रीको प्रसार नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ। साथै, सम्बन्धित मुलुकको कानुन तथा सरकारी निर्देशन विपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पनि सचेत गराइएको छ।

कुवेत सरकारका सुरक्षा सम्बन्धी सूचनाहरूको पालना गर्न आग्रह गर्दै दूतावासले सम्भावित हवाई आक्रमण, प्रतिरक्षा गतिविधि वा त्यस्ता घटनासँग सम्बन्धित तस्बिर तथा भिडियो खिचेर सार्वजनिक नगर्न विशेष अनुरोध गरेको छ।

सुरक्षा जोखिम देखिएको अवस्थामा अपरिचित वा शंकास्पद वस्तुबाट टाढा रहन, आपत्कालीन साइरन बजेको समयमा खुला स्थानमा भए नजिकको सुरक्षित भवनमा प्रवेश गर्न तथा भवनभित्र रहँदा झ्याल, सिसा र बार्दली आसपास नबस्न भनिएको छ।

दूतावासले आवश्यक परेमा कन्सुलर सेवा तथा अन्य सहयोगका लागि नेपाली नागरिकलाई राजदूतावाससँग प्रत्यक्ष सम्पर्कमा रहन आग्रह गरेको छ। पछिल्लो संवेदनशील परिस्थितिमा संयमता अपनाउँदै स्थानीय प्रशासनका निर्देशन पालना गर्नसमेत अनुरोध गरिएको छ।

Leave a Reply