२९ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत् आपूर्ति पुनर्स्थापना

अ+ अ-

काठमाडौँ। क्युबामा एक साताभित्र दोस्रो पटक भएको देशव्यापी बिजुली कटौती आइतबार राष्ट्रिय विद्युत् प्रणाली पुनर्स्थापना गरिएपछि पुनः सञ्चालनमा आएको राष्ट्रिय विद्युत् कम्पनीले जनाएको छ ।

राष्ट्रिय विद्युत् प्राधिकरणले एक्समा जारी एक विज्ञप्तिमा लेखिएको छ, “आज बिहान ६ः३० बजे देखि देशभरको राष्ट्रिय विद्युत् प्रणाली पुनः जोडिएको छ।”

देशको विद्युत् आपूर्तिमा समस्या आएपछि २४ घण्टाभन्दा बढी समय लगाएर प्रणाली पुनः सुरु गर्नुपरेको थियो । इन्धनको अभावले यो प्रक्रिया ढिलो र जटिल बनेको थियो । शनिबार रातिदेखि आइतबार बिहानसम्म इन्जिनियरहरूले कामलाई तीव्रता दिएका थिए ।

करिब १७ लाख जनसङ्ख्या भएको शहर हवानामा ६५ प्रतिशतभन्दा बढी घरपरिवारमा शनिबार रातिदेखि नै बिजुली पुनर्स्थापना गरिएको थियो ।

यो ६ महिनाभित्र चौथो देशव्यापी रूपमा भएको विद्युत् अवरोध हो । सन् २०२४ को अन्त्ययता यो नवौँ पटक भएको छ । क्युबामा कुल ९६ लाख जनसङ्ख्या छ ।

क्युबा दशकौँदेखिको सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा इन्धनमा लगाएको नाकाबन्दीले यो सङ्कटलाई थप गम्भीर बनाएको छ । यो नाकाबन्दी ६ दशक लामो कम्युनिस्ट शासन अन्त्य गर्न दबाब दिने अभियानको एक भाग हो।

Leave a Reply