काठमाडौँ । नेपाली सेयर बजार परिसूचक नेप्से सोमबार उल्लेख्य रूपमा घट्दै पछिल्लो करिब आठ महिनाकै न्यून विन्दुमा पुगेको छ ।
यस दिन नेप्से परिसूचक ३०.६० अंकले ओरालो लागेर २ हजार ५७० अंकमा कायम भएको हो । यो स्तर गत मंसिर ४ गतेयताकै न्यून हो । त्यस दिन नेप्से २ हजार ५६० अंकमा रहेको थियो ।
बजारमा गिरावट आए पनि कारोबार गतिविधि भने अघिल्लो दिनको तुलनामा बढेको छ । सोमबार कुल ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यसअघि अघिल्लो कारोबार दिन बजारमा ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । परिसूचकमा निरन्तर दबाब देखिए पनि कारोबार रकममा आएको वृद्धिले लगानीकर्ताको गतिविधि भने सक्रिय रहेको संकेत गरेको छ ।







