काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ तीनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–९ एकतापथका २१ वर्षीय रिवा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
होराइजोन चोकबाट तिनकुने तर्फ जाँदै गरेको लु ७८ प ७४१७ नम्बरको स्कुटर अनियन्त्रित भई गए राति १२:१५ बजे पल्टिएको थियो । दुर्घटनामा घाइते श्रेष्ठलाई उपचारका लागि अस्पताल पुर्याइए पनि १२:४५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।







