काठमाडौँ । कतारका पूर्वअमिर हिज हाइनेस शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति शोक व्यक्त गर्दै नेपाल सरकारले एक दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको १२ जुलाई २०२६ मा निधन भएको जनाउँदै शोक स्वरूप २०८३ असार ३० गते (१४ जुलाई २०२६) नेपालभरका सबै सरकारी कार्यालय तथा दोहास्थित नेपाली राजदूतावासमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
नेपाल र कतारबीच दीर्घकालदेखि मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध कायम रहेको उल्लेख गर्दै मन्त्रालयले उक्त निर्णयसम्बन्धी जानकारी सम्बन्धित सबै निकायलाई गराएको जनाएको छ।








