३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री बादीको कार्यकालपछि २ हजारभन्दा बढी हराएका बालबालिका फेला, १६९ जनाको उद्धार

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) ले पछिल्लो अवधिमा हराएका तथा जोखिममा रहेका बालबालिकाको खोजी, उद्धार र पुनर्स्थापनामा उल्लेख्य प्रगति गरेको जनाएको छ।

मन्त्री सिता बादीले जिम्मेवारी सम्हालेपछि २०८२ साल चैत १३ गतेदेखि २०८३ साल असार १० गतेसम्म केन्द्रमार्फत सञ्चालन भएका कार्यक्रमअन्तर्गत २ हजार ४६ जना हराएका बालबालिका सकुशल फेला परेका छन्।

केन्द्रका अनुसार यस अवधिमा हराएका बालबालिकासम्बन्धी २ हजार ४४० वटा विवरण दर्ता भएका थिए। तीमध्ये करिब ८४ प्रतिशत बालबालिकाको खोजी सफल भएको हो। अझै ३९४ जना बालबालिकाको खोजी कार्य नेपाल प्रहरी र सम्बन्धित निकायसँगको सहकार्यमा जारी रहेको छ।

यसै अवधिमा बेवारिसे अवस्थामा भेटिएका १०३ जना बालबालिकालाई उद्धार गरी संरक्षणमा ल्याइएको छ। उद्धार गरिएका बालबालिकामध्ये ६० जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ४३ जना सुरक्षित संस्थागत संरक्षणमा रहेका छन्।

त्यस्तै, सडकमा आश्रित अवस्थामा रहेका ६६ जना बालबालिकाको उद्धार गरिएको छ। तीमध्ये २१ जनालाई परिवारसँग पुनः जोडिएको छ भने ४५ जना हाल संस्थागत संरक्षणमा रहेका छन्।

केन्द्रको विवरणअनुसार बेवारिसे तथा सडकमा आश्रित अवस्थाबाट गरी कुल १६९ जना बालबालिकाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये ८१ जनाको पारिवारिक पुनर्मिलन सम्पन्न भएको छ भने ८८ जना बालबालिका संरक्षण संस्थामा रहेका छन्।

मन्त्रालयले बाल संरक्षणसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरी, स्थानीय तह, राष्ट्रिय बाल अधिकार परिषद् तथा अन्य सरोकारवाला निकायसँगको समन्वयलाई निरन्तरता दिएको जनाएको छ।

जोखिममा रहेका बालबालिकाको तत्काल पहिचान, उद्धार, संरक्षण र पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै बाल संरक्षण प्रणालीलाई थप व्यवस्थित र उत्तरदायी बनाउने काम अघि बढाइएको मन्त्रालयको भनाइ छ। आगामी दिनमा पनि हराएका तथा संरक्षण आवश्यक भएका बालबालिकाको खोजतलास र सुरक्षित पुनर्स्थापनाका लागि अन्तर निकाय सहकार्यलाई अझ मजबुत बनाउने मन्त्रालयले जनाएको छ।

0 Comments