दैलेख । दैलेखस्थित नारायण नगरपालिका-१ नम्बर वडा कार्यालयले नयाँ भवनबाट सेवा प्रवाह गर्ने भएको छ।
वडा कार्यालयले जारी गरेको सूचनाअनुसार वडा नं. १ को भवन निर्माण कार्य सम्पन्न भएसँगै २०८३ असार ३१ गतेदेखि वडा कार्यालयले गढी अगाडिको नवनिर्मित भवनबाट नियमित सेवा सञ्चालन गर्ने भएको हो ।
वडा कार्यालयले नयाँ भवनबाट सेवा सञ्चालनसँगै सेवाग्राहीलाई थप सहज, व्यवस्थित र प्रभावकारी सेवा प्रदान हुने अपेक्षा गरेको छ।








