काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडी तथा सम्बन्धित प्राविधिक टोलीलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्ने निर्णय गरेको छ।
आज बसको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा देशको प्रतिनिधित्व गर्दै सफलता हासिल गर्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई प्रोत्साहन स्वरूप पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको हो।







