३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिनसहित ६ जना पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट तथा नोट उत्पादनमा प्रयोग हुने सामग्रीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा रुपन्देही बुटवल-११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने, कास्की पोखरा महानगरपालिका-१ का किरण कृष्ण तिवारी (कृष्ण), कपिलवस्तु बाणगंगा नगरपालिका-१ का संजय थारु, भक्तपुर चाँगुनारायण नगरपालिका-१ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखा शैलुङ गाउँपालिका-४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारत पश्चिम बंगालको सिलिगुडी भक्तिनगर थाना घर भएका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको घर तथा कोठामा गरिएको खानतलासीका क्रममा रु. १ हजार दरका ६२२ थान नक्कली नेपाली नोट बरामद भएको छ। बरामद नोटको कुल मूल्य ६ लाख २२ हजार रुपैयाँ रहेको जनाइएको छ।

त्यस्तै, प्रहरीले नक्कली नोट छाप्न प्रयोग भएको आशंकामा फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, कागजको कार्टुन, लेमिनेसन मेसिन, विभिन्न रसायन, प्लास्टिक पेपर, नोट काट्ने मेसिन तथा ६ थान मोबाइल फोनसमेत बरामद गरेको छ।

पक्राउ परेकाहरूमाथि मुद्रा सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 Comments