काठमाडौँ । कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिने भएको छ। कर्णाली प्रदेश सरकारको २४ चैत ०८२ सालको निर्णयअनुसार साउन १ गते (शुक्रबार)सार्वजनिक बिदा दिने भएको हो ।
साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको बताइएको छ ।







