३२ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोजगारीसँग नजोडिएका तालिम रोक्न श्रम मन्त्रीको निर्देशन, नयाँ कार्यविधि बनाइने

अ+ अ-

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारीको स्पष्ट सम्भावना नरहेका सीपमूलक तालिम सञ्चालन नगर्न निर्देशन दिएका छन्। तालिम कार्यक्रमको प्रभावकारिता रोजगारी सिर्जना र श्रम बजारको आवश्यकतासँग जोडिनुपर्नेमा उनले जोड दिएका हुन्।

सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार उद्योगी तथा व्यवसायीहरूसँग भएको छलफलमा मन्त्री यादवले श्रम मन्त्रालयबाट सञ्चालन हुने तालिमहरू उत्पादनशील रोजगारीसँग प्रत्यक्ष सम्बन्धित हुनुपर्ने धारणा राखे।

उनले शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को मुख्य भूमिका शिक्षण र प्रशिक्षण भए पनि श्रम मन्त्रालयअन्तर्गतका कार्यक्रमको प्राथमिक उद्देश्य प्रशिक्षार्थीलाई रोजगारीको अवसरसँग जोड्नु रहेको बताए।

मन्त्री यादवले विगतमा तयार गरिएका कार्यविधिहरूमा निजी क्षेत्र र तालिम लिने व्यक्तिहरूको पर्याप्त सहभागिता तथा अपनत्व हुन नसक्दा बजेट कार्यान्वयनमा समस्या देखिएको उल्लेख गरे।

आगामी दिनमा रोजगारदाता, श्रमिक र सरकारबीचको सहकार्यमा नयाँ कार्यविधि (एसओपी) तयार गरी लागू गर्ने तयारी भइरहेको उनले जानकारी दिए। उक्त कार्यविधि आगामी साउन महिनाभित्रै तयार गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता पनि मन्त्री यादवले व्यक्त गरे।

यसैगरी, सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारणलाई थप वैज्ञानिक र व्यवहारिक बनाउने दिशामा काम अघि बढाउने तयारी गरेको जनाइएको छ।

0 Comments