काठमाडौँ । संघीय संसद्का सदस्यहरूले अब स्वकीय सचिव नियुक्त गर्न पाउने भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
यसअघि संघीय सांसदहरूले शाखा अधिकृत स्तरको सेवा, सुविधा उपलब्ध हुने गरी स्वकीय सचिव राख्ने व्यवस्था थियो । तर, जेन जेड आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवसम्बन्धी सुविधा हटाएको थियो ।
मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै संघीय सांसदका लागि स्वकीय सचिव राख्ने व्यवस्था पुनः कार्यान्वयनमा आउने भएको छ ।







