३२ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थारु आयोगको सिफारिस कार्यान्वयनमा सरकारको उदासीनता : समावेशी नियुक्ति र भाषाको सवाल ओझेलमा

अ+ अ-

काठमाडौँ । थारु आयोगले थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने सिफारिस अझै प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै असन्तुष्टि जनाएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा आयोगको कार्यसम्पादनबारे जानकारी दिँदै सूचना अधिकारी उदयराज भट्टराईले थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन पटक-पटक सिफारिस गरिएको भए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताएका हुन् । 

उनले न्यायाधीश, राजदूत तथा संवैधानिक निकायमा समावेशी नियुक्तिसम्बन्धी आयोगका सिफारिसहरू समेत कार्यान्वयन हुन नसकेको बताए । 

उनले थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने विषयमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा छलफल भए पनि ठोस निर्णय भई नसकेको बताए । उनले निजामती सेवा विधेयक, नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकमा थारु समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सुझाव पठाइएको पनि बताए । 

उनले बैंक तथा वित्तीय संस्थामार्फत थारु समुदायको महिलाको लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, थारु समुदायका विशेष खाद्य परिकारको पोषण परीक्षण, विद्यार्थीको वर्गीकृत विवरण समावेश गर्न शिक्षा मन्त्रालयलाई सिफारिस, तथा प्रदेश र स्थानीय तहमा थारु सशक्तीकरण कार्यक्रम सञ्चालन गर्न गरिएको आग्रह आंशिक रूपमा कार्यान्वयन भएको जानकारी दिए।

उनले शिक्षा क्षेत्रमा समावेशीकरण नीति स्पष्ट गर्नुपर्ने तथा सरकारी सेवामा आरक्षणको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जोड दिएका छन्।

0 Comments