२ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जयन्दु बाल सुधार गृहमा वृक्षारोपण

अ+ अ-

नेपालगञ्ज । बास नेपाल नामक संस्थाको सक्रियतामा बाँकेको डुडुवा गाउँपालिका-६ स्थित जयन्दु बाल सुधार गृह परिसरमा केराका बिरुवासहित विभिन्न प्रजातिका बहु उपयोगी फलफूल तथा वनस्पति रोपिएको छ ।

सरोकारवाला पक्षसँग समन्वय गरी हरियालीसँगै सकारात्मक सोच र वातावरण संरक्षणको सन्देश दिने र साउन महिनालाई हरित महिनाको रूपमा मनाउने उद्देश्यले वृक्षारोपण गरिएको बास नेपालले जनाएको छ । सो अवसरमा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले वृक्षरोपणको सुरुआत गर्दै वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, हरित विकाससहित भावी पुस्ताका लागि हरेक नागरिकले वर्षमा कम्तीमा एक बिरुवा रोपी त्यसको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरे ।

बाल सुधार गृहका जग्गादाता एवं संरक्षक एसके सिंहले वृक्षारोपणबाट बालबालिकामा प्रकृतिप्रतिको माया, जिम्मेवारी र अपनत्वको भावना जागृत गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले १३ देखि १८ वर्षसम्मका १७५ जना बालकले आश्रय लिइरहेको जयन्दु सुधार गृह परिसरको क्षेत्रफल करिब चार बिघा रहेको जानकारी दिए ।

जिल्ला वन डिभिजन कार्यालय, बाँकेको सहयोगमा १०० केराका बिरुवासहित पारिजात, कटहर, सितलचिनी, कल्कीलगायतका बहु उपयोगी तथा वातावरणीय दृष्टिले महत्त्वपूर्ण बिरुवा आज सुधार गृह परिसरमा रोपिएका थिए ।

वृक्षारोपण कार्यक्रममा नागरिक समाज नेपालगञ्जका संयोजक कृष्णप्रसाद श्रेष्ठ, लाइन्स क्लबका पूर्व गभर्नर मधुसूदन शर्मा, नेपाल रेडक्रस सोसाइटीका पूर्वकेन्द्रीय महामन्त्री मीनबहादुर मल्ल, लुम्बिनी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष हंश खनाल, अन्तरालका अध्यक्ष जयनारायण शाह, बास नेपालका अध्यक्ष शिवकुमार वर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, हेमराज भट्ट, हरित अभियन्ता तथा बासका वातावरण विभाग संयोजक हेमन्तराज काफ्लेलगायत सहभागी छन् । 

0 Comments