काठमाडौँ । नेकपा (एमाले) का सांसद प्रा. डा. पुष्पराज कँडेलले नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर नै पर्याप्त रहेको बताएका छन्।
प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उहाँले राष्ट्र बैकलाई धेरै डेपुटी गभर्नर आवश्यक नरहेको बताएका हुन् ।
उनले निजी क्षेत्रलाई किन धेरै डेपुटी गभर्नर चाहिएको हो भन्ने प्रश्न पनि गरे । बैठकमा सहभागी बैंकर्सहरुले डेपुटी गभर्नरको संख्या दुईबाट तीन पुर्याउने प्रस्ताव राखेको थिए ।







