काठमाडौँ । नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ह ३७४० नम्बरको अटो बाटो काट्दै गरेका बालकलाई बचाउने क्रममा मंगलबार बिहान ०८:४५ बजे अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ।
दुर्घटनामा चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये चार जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा र दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।







