५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँ’ : एमाले नेता तामाङ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा नेपाली काँग्रेससँगको सत्ता सहकार्य अन्त्य भएमा एमाले प्रतिपक्षमा बस्ने बताएका छन् ।

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले एमाले नयाँ समीकरण खोजेर सरकारमा नजाने बताएका हुन्। उनले प्रदेश सरकारमा देखिएको पछिल्लो राजनीतिक अस्थिरता नेपाली काँग्रेसको आन्तरिक विवादका कारण उत्पन्न भएको दाबी गरे ।

उनले काँग्रेसभित्रको मतभेद छिट्टै समाधान हुने विश्वास व्यक्त गर्दै एमालेको प्राथमिकता वर्तमान सरकारको निरन्तरता कायम राख्नु रहेको स्पष्ट पारे । उनले एमाले तत्काल अन्य दलसँग मिलेर नयाँ सरकार गठनको प्रयासमा नलाग्ने दाबी गरे ।

वर्तमान सरकार टिक्न नसके एमाले सरकारबाट बाहिरिने र प्रतिपक्षको भूमिकामा रहने उनको भनाइ छ ।

वर्तमान सरकार नरहेको खण्डमा एमाले बाहेकको सरकार प्रदेशमा बन्न सक्ने बताए । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको समस्याका कारण प्रदेशमा काँग्रेस-एमालेबीचको सत्ता समीकरण अन्योलमा परेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर साहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् भने कर्णालीमा काँग्रेसका सांसदहरूले मुख्यमन्त्री यमलाल कँडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

0 Comments