५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नीति मात्रै पर्याप्त छैन, समयअनुसार पार्टीको कार्यशैली बदल्नुपर्छ’ : आङ्देम्बे

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले स्पष्ट नीति भए पनि त्यसलाई व्यवहारमा उतार्न नसके राजनीतिक नेतृत्व प्रभावकारी बन्न नसक्ने बताएका छन् ।

काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै आङ्देम्बेले बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टीको कार्यशैली र नेतृत्व क्षमतामा सुधार आवश्यक रहेको धारणा राखेका हुन् ।

काँग्रेस महामन्त्री गुरु घिमिरेद्वारा लिखित ‘बुद्ध, बिपी र आजका नेता र लिलिपुटका लघुमानव’ पुस्तक सार्वजनिक कार्यक्रममा उनले काँग्रेस वैचारिक र नीतिगत रूपमा स्पष्ट पार्टी भए पनि समयको मागअनुसार व्यवहारिक नेतृत्व दिन चुनौती रहेको बताए ।

उनले मुलुक र नागरिकका समस्या समाधान गर्ने दिशामा राजनीतिक दलका नीति केन्द्रित हुनुपर्नेमा जोड दिए । उनका अनुसार जनताका अपेक्षा र समसामयिक आवश्यकता सम्बोधन गर्न नीति मात्र नभई कार्यान्वयन गर्ने शैली र संगठनात्मक व्यवहार पनि प्रभावकारी हुनुपर्छ ।

आङ्देम्बेले पार्टीलाई नयाँ परिस्थितिअनुसार अघि बढाउन नेतृत्व र कार्यकर्ताबीच विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताए । समयको परिवर्तन र नागरिकको चाहनालाई बुझेर पार्टीले आफ्नो प्रस्तुति र कार्यशैली सुधार गर्नुपर्ने उनको भनाइ थियो ।

उनले पछिल्लो राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै तत्कालीन लाभ र उपभोगलाई प्राथमिकता दिने प्रवृत्तिले दीर्घकालीन समाधान कमजोर बनाउने अवस्था देखिएको बताए । देशको राजनीति दीर्घकालीन योजना र जिम्मेवार सोचका आधारमा अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

0 Comments